काठमाडौं,कार्तिक १७ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय राजविराजका प्रमुख (उप-सचिव) प्रकाशप्रसाद पोखरेललाई एक लाख रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।
पोखरेलले जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएका अख्तियारले जनाएको छ । पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।