• होमपेज
  • समाचार
  • शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न नजाने

शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न नजाने

  • बिहिबार, कार्तिक १६, २०७४
शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न नजाने

काठमाडौं,कार्तिक १६-

प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवारी दर्ताका लागि जिल्ला नजाने भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावका उम्मेदवारी दिन लागेका देउवा व्यस्तताका कारण डडेल्धुरा जान नसक्ने भएका हुन् ।

पार्टीका उम्मेदवार चयन नसकिएका कारण शेरबहादुर देउवाले उम्मेदवारी दर्ताका लागि वारेसनामा पठाएका छन् । देउवाको वारेस नामा मार्फत गणेश पन्तले देउवाको उम्मेदवारी दर्ता गर्ने छन् ।  मंसिर २१ गते दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

Facebook Comments

सम्बन्धित समाचार