• होमपेज
  • समाचार
  • यु–१९ एसिया कप छनौट फुटबल अन्र्तगत आज नेपाल र बहराइनबीच खेल हुने

यु–१९ एसिया कप छनौट फुटबल अन्र्तगत आज नेपाल र बहराइनबीच खेल हुने

  • बिहिबार, कार्तिक १६, २०७४
यु–१९ एसिया कप छनौट फुटबल अन्र्तगत आज नेपाल र बहराइनबीच खेल हुने

काठमाडौं,कार्तिक १६ –

एएफसी यु-१९ एसिया कप फुटबलको छनौटमा नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।बहाराइनसँगको बिहिबारको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ, यसअघिको खेलमा नेपालले हार व्यहोरेको कारण पनि बहाराइनसँगको खेल महत्वपूर्ण रहेको छ भने बिहिबारको खेलबाट नेपाल अघि बढ्न समेत सक्नेछ ।
पहिलो खेलमा हारेका लागि समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्नका लागि यो खेल महत्वपूर्ण छ ।खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे हुनेछ ।
यसअघि मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने यु-१९ एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार