• होमपेज
  • समाचार
  • सल्यानमा विवाहको भोज खाँदै गर्दा झडप,दुई जना घाइते

सल्यानमा विवाहको भोज खाँदै गर्दा झडप,दुई जना घाइते

  • बिहिबार, अशोज २६, २०७४
सल्यानमा विवाहको भोज खाँदै गर्दा झडप,दुई जना घाइते

सल्यान, असोज २६ –

सल्यानमा विवाहको भोज खाँदै गर्दा झडपभए पछि दुई जना घाइते भएका छन् । जिल्लाको ढोरचौर गाउँपालिका –२, भाँगाचौर निवासी उदय राम चलाउनेको छोरा वुद्धिराम चलाउनेको विवाहमा भोज खाँदै गर्दा विवाद भएपछि झडप भएको थियो ।
झडपमा परी २५ वर्षका प्रेम बुढाथोकी र २७ वर्षका नविन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती दुबै जनाको टाउकोमा चोट लागेको छ । घाइतेहरुको श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
विवाहमा भोज खाँदै गरेको ठाँउमा रक्सी खाएर प्रेम बुढाथोकी र नविन बुढाथोकीले होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि प्रेम र नविनका साथै स्थानीय २२ वर्षका भरत चलाउने र १९ वर्षका गोपाल चलाउनेको बिचमा हात हालहालसँगै कुटाकुट भएको थियो । घटना पछि भरत चलाउने र गोपाल चलाउने फरार रहेको र उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार