• होमपेज
  • समाचार
  • कंलकीबाट १० जना जुवाडे पक्राउ

कंलकीबाट १० जना जुवाडे पक्राउ

  • बिहिबार, अशोज २६, २०७४
कंलकीबाट १० जना जुवाडे पक्राउ

काठमाडौं,असोज २६ –

प्रहरीले कंलकी क्षेत्रबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार