• होमपेज
  • समाचार
  • आइसिपी सञ्चालनमा नआउँदा सीमा नाका सहज भएन

आइसिपी सञ्चालनमा नआउँदा सीमा नाका सहज भएन

  • बिहिबार, अशोज २६, २०७४
आइसिपी सञ्चालनमा नआउँदा सीमा नाका सहज भएन

वीरगंज,असोज २६ –

एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन नसक्दा नेपाल भारत सीमा क्षेत्रमा रक्सौल नाका सहज नहँुदा आवत–जावत गर्ने मालवाहक सवारी साधन तथा यात्रुलाई घण्टौँसम्म कुर्नुपर्ने बाध्यता यथावत् रहेको छ ।

रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँच चौकीको व्यवस्थापन तथा वीरगंज रक्सौल नाका व्यवस्थित नहँुदा भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ आवतजावत गर्ने मालवाहक सवारीसाधन तथा यात्रीले लामो समयसम्म सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ ।

भारत सरकारको कमीकमजोरीका कारण घण्टौँसम्म रक्सौल नाका जाम हुने गरेको भन्दै भारत रक्सौलस्थित टेक्स्टाइल चेम्बर अफ कमर्शका अध्यक्ष अरुणकुमार गुप्ता भन्नुहुन्छ, “उक्त क्षेत्रमा हुने जाम हटाउन हामी भारतीय व्यापारीले भारत सरकारसँग बारम्बार अनुरोध गर्दासमेत सुधार हुन नसकेको हो ।”

रेल्वे क्रसिंग सम्ममा रेल्वे फाटक बन्द हँुदा सो क्षेत्रमा घण्टौँसम्म जाम हुने भएकाले भारत सरकारले त्यहाँ आकाशे पुल बनाउन, ट्राफिक व्यवस्था गर्न भने तापनि केही उपलब्धि हासिल हुन नसकेकाले जामको कारण रक्सौल नाका चार–पाँच घण्टा जाम हुने गरेको छ ।

भारतको रक्सौलदेखि पर्साको अलौस्थित सुख्खा बन्दरगाहसम्म बाइपास सडक बने पनि नेपालतर्फको काम हालसम्म सम्पन्न नभएकाले यस्तो स्थिति आएको पीडित व्यापारीको गुनासो छ । रेल्वे क्रसिंगको कारण लामो समयसम्म रेल्वे फाँट बन्द हुने हुँदा मालवाहक सवारीसाधन रोकिन जाने भएकाले समयमा सो समान भित्रिन नपाउँदा व्यापारी आर्थिक मारमा परेको भन्दै वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले हामी सो जाम हटाउन भारतीय समकक्षीसँग बारम्बार कुराकानी गर्दै आए पनि सो जाम हट्न नसकेको बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार