• होमपेज
  • समाचार
  • धनगढी विमानस्थलमा आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

धनगढी विमानस्थलमा आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

  • बिहिबार, अशोज २६, २०७४
धनगढी विमानस्थलमा आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

कैलाली,असोज २६ –

धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ ।

नगरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि नै विमानस्थलमा जडान गरिए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेकोे थिएन ।

विमानस्थलका प्रमुख छवि सिंह ठगुन्नाले विमानस्थलमा यात्रुका झोला लगायतका सामान खोलेर जाँच गर्न निकै झन्झटिलो र बढी समय लाग्ने भएकामा अब भने एक्स–रेबाटै जाँच हुने भएपछि यात्रुले सास्ती भोग्नु नपर्ने र जाँचका लागि प्रहरी पनि कम लाग्ने बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार