• होमपेज
  • देश
  • सप्तरीमा सुरक्षागार्ड माथि अज्ञात समूहले गोली प्रहार

सप्तरीमा सुरक्षागार्ड माथि अज्ञात समूहले गोली प्रहार

  • बुधबार, अशोज २५, २०७४
सप्तरीमा सुरक्षागार्ड माथि अज्ञात समूहले गोली प्रहार

काठमाडौं,असोज २५ –

सप्तरीको सुरुंगा नगरपालिका स्थित त्रियुगा डिस्टीलरीका सुरक्षागार्ड माथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
मंगलबार साँझ ७ बजेतिर अज्ञात समूहले डिस्ट्रीलरीको गेटमा सुरक्षार्थ खटेका सुरक्षागार्ड मोरङ सुन्दर हरैचा नगरपालिका–६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेको थियो ।
गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोममा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल लगाएत आसपासको क्षेत्रलाई घेरा हाली चेकजाँच थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार