• होमपेज
  • समाचार
  • अर्जेन्टिना विश्वकपका लागि छनोट,मेस्सीको गोललाई ठुलो सफलता

अर्जेन्टिना विश्वकपका लागि छनोट,मेस्सीको गोललाई ठुलो सफलता

  • बुधबार, अशोज २५, २०७४
अर्जेन्टिना विश्वकपका लागि छनोट,मेस्सीको गोललाई ठुलो सफलता

काठमाडौं,असोज २५ –

रुस विश्वकप २०१८ को लागि अर्जेन्टिना छनोट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।

एक खेल बाँकी हुँदा छनोट होला नहोला भन्ने स्थितिमा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शन मार्फत् अर्जेन्टिना विश्वकपमा छनोट हुन पुगेको छ । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक गरे ।

पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा रहने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार