• होमपेज
  • देश
  • जोगवनीबाट ल्याउँदै गरेको रु दुई लाख बराबरको सामान बरामद

जोगवनीबाट ल्याउँदै गरेको रु दुई लाख बराबरको सामान बरामद

  • सोमवार, अशोज २३, २०७४
जोगवनीबाट ल्याउँदै गरेको रु दुई लाख बराबरको सामान बरामद

विराटनगर, असोज २३ –

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सीमावर्ती विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका करिब रु दुई लाख मूल्यबराबरको सामान बरामद गरेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, सुपारी र पाँच थान साइकलसमेत गरी अन्दाजी रु एक लाख ७१ हजार बराबरको सामान आइतबार राति बरामद गरेको जनाएको छ ।

बरामद सामानसहित प्रहरीले विराटनगर–१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिएको छ ।

सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिगएको प्रहरीको टोलीले आज बिहान मोरङको धनपालथान गाउँपालिका–३ बाट अन्दाजी करिब चार हजार मूल्य बराबरको विभिन्न किसिमका भारतीय पटका बरामद गरेको छ ।

बरामद पटका जिप्रका मोरङमा राखी आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार