• होमपेज
  • समाचार
  • चितवनको दाहखानीमा बिजुली बल्यो

चितवनको दाहखानीमा बिजुली बल्यो

  • सोमवार, अशोज २३, २०७४
चितवनको दाहखानीमा बिजुली बल्यो

चितवन,असोज २३-

विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ। बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन्। इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ।

सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो। मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताए। उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए।

विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। रासस

Facebook Comments

सम्बन्धित समाचार