• होमपेज
  • देश
  • बानेश्वरमा तीन गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

बानेश्वरमा तीन गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

  • सोमवार, अशोज २३, २०७४
बानेश्वरमा तीन गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

काठमाडौं,असोज २३ –

नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा. विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, ‘गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।’

प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ

Facebook Comments

सम्बन्धित समाचार