• होमपेज
  • समाचार
  • बिपी राजमार्गमा नियम मिचेर सञ्चालित सवारीसाधनमाथि कारबाही

बिपी राजमार्गमा नियम मिचेर सञ्चालित सवारीसाधनमाथि कारबाही

  • शनिबार, अशोज २१, २०७४
बिपी राजमार्गमा नियम मिचेर सञ्चालित सवारीसाधनमाथि कारबाही

धुलिखेल,असोज २१ –

धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनले नियम उलंघन गरेको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ। शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनमा कारबाही चलाएको हो।

ती सवारीका सञ्चालकले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उल्लंघन गरेको पाइएको हो। त्यसरी नियम उलंघन गर्ने सवारीसाधनलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिइएको छ।

अनुगमनको क्रममा टोलीले मालबाहक गाडीमा मान्छे ओसारेका सवारीसाधनलाई समेत कारबाही गरेको छ। बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकले भने आफूहरुले भन्दा पनि काउण्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताए। सो राजमार्ग भएर पूर्वको १५ जिल्लासँगै तराईका ७ जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बिपी राजमार्गमा दशैँ आएसँगै सवारी चाप एकाएक वृद्धि भएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार