• होमपेज
  • समाचार
  • माधव नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी

माधव नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी

  • बुधबार, अशोज ४, २०७४
माधव नेपालको वडामा राजपा नेपालको  प्यानल नै विजयी

गौर, असोज ४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपा नेपाल विजयी भएको छ। गौर नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा राजपा नेपालका राकेशकुमार झासहितको प्यानल नै विजयी भएको छ।

उक्त वडामा नेता नेपालको घर भएको क्षेत्र हो ।

राजपा नेपालका झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलार्इ पराजित गरे। वडाध्यक्षमा विजयी झाले ३७३ मत प्राप्त गरे भने एमालेका यादवले १५० मतमात्रै पाए। स्वतन्त्र उम्मेदवार राजिनन्द साहले १२७ मत प्राप्त गरे।

गौर नगरपालिकाको मेयर र उपमेयरमा भने एमालेको अग्रता कायमै छ।

Facebook Comments

सम्बन्धित समाचार