• होमपेज
  • समाचार
  • मिथिला नगरपालिकाः कांग्रेस माओवादी गठबन्धनभन्दा एमाले अघि

मिथिला नगरपालिकाः कांग्रेस माओवादी गठबन्धनभन्दा एमाले अघि

  • बुधबार, अशोज ४, २०७४
मिथिला नगरपालिकाः कांग्रेस माओवादी गठबन्धनभन्दा एमाले अघि

धनुषा, असोज ४ –

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिनारायण महतोले ९८७ र उपमेयर पदकी उम्मेदवार तारा वस्नेत १०५८ मतका साथ अग्रस्थानमा छन् ।

त्यस्तै कांग्रेसका मेयर उम्मेदवार राजकुमार महतो ७७९ र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार मनिष जर्घा मगर ८९१ मत प्राप्त गरेर दोश्रो स्थानमा छन् ।तेश्रोमा कांग्रेसबाट बागी उम्मेदवार राजाराम महतोले ६७२ मत ल्याएर तेश्रो स्थानमा हुनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार