• होमपेज
  • समाचार
  • चितवनको रामपुरमा अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

चितवनको रामपुरमा अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

  • बुधबार, अशोज ४, २०७४
चितवनको रामपुरमा अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

चितवन,असोज ४-

चितवनको रामपुरमा नेपालमा नै पहिलोपटक अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ ।

भैंसीको क्षेत्रमा लामो समयदेखि लागेर अध्ययन र अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता बैज्ञानिकहरू सम्मेलनमा भेला हुनेछन् । सम्मेलनमा विश्वका ९ देश नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरीका र क्यानडाका भैंसी सम्वन्धी अनुसन्धानकर्ताहरूको सहभागीता रहने कार्यक्रमका सदस्यसचिव डा.भूमिनन्द देवकोटाले जानकारी दिए ।

सम्मेलनमा ५५ जना बिदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागीता रहनेछ । सम्मेलनमा भाग लिन ‘इन्टरनेशलन बफ्यालो फेडेरेशन’का महासचिव प्रा.डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रा. भाइस चान्सलर नासिम अहमद नेपाल आउँदैछन् ।

‘खाद्य तथा आर्थिक उन्नयनका लागि भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ । पशुपंछी विकास मन्त्रालय, पशुपंछी विभाग र मिचिगन स्टेट् युनिभर्सिटी समेत यसका साझेदार संस्थाका रूपमा रहनेछन् । नेपालमा सञ्चालित फिड्स तथा फ्यूचर कार्यक्रम अन्तर्गत रहेको यूनिभर्सिटी अफ फ्लोरिडा यूएसएको पनि सम्मेलनमा सहयोग रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार