• होमपेज
  • समाचार
  • मनकामना अस्पतालमा आज ओपिडि सेवा निःशुल्क

मनकामना अस्पतालमा आज ओपिडि सेवा निःशुल्क

  • आइतवार, अशोज १, २०७४
मनकामना अस्पतालमा आज ओपिडि सेवा निःशुल्क

चितवन, असोज १–

भरतपुरको एयरपोर्ट अगाडि रहेको मनकामना अस्पतालले आज (असोज १ गते) ओपिडि सेवा निःशुल्क गर्ने भएको छ । अस्पताल नयाँ व्यवस्थापनमा संचालन भएको पहिलो वर्ष पूरा गरेको अवसरमा प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क गर्दै आएको अस्पतालले आज पनि निःशुल्क गर्न लागेको हो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन श्रेष्ठका अनुसार भदौ १ गते प्रयोगशाला परीक्षणमा २० प्रतिशतको छुट दिईएको छ । प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क हुने भएपछि ग्रामीण क्षेत्रबाट समेत ठूलो संख्यामा बिरामीहरु आउने गरेका छन् । उक्त अस्पतालले ट्रमा केयर सुविधा, आईसीयू, सिटी स्क्यान, एक्सरे, अत्याधुनिक ल्याब एम्बुलेन्स सेवा उपलव्ध गराउँदै आएको छ ।

अस्पताल स्वास्थ्य कार्ड लिएका बिरामीहरुलाई भने सबै दिनमा २० प्रतिशत छुटमा उपचार गर्दै आएको छ । यो कार्यक्रम निरन्तर रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ सेवामा हाडजोर्नीका जटिल रोग, जोर्नी प्रत्यारोपण, मेरुदण्ड र नशा रोग, न्यूरो सर्जरी, कार्डियोलोजी, प्रसुति, शिशु, छाला तथा यौनरोग, नाककान घाँटी, मानसिक रोगलगायतका सेवा उपलव्ध रहेको अस्पतालका सञ्चालक ध्रुवप्रसाद काफ्लेले बताए ।

अस्पतालमा हाल ५० शैया सञ्चालित छ । शैया विस्तार गरी एक सय शैया पर्‍याउने अन्तिम तयारीमा रहेको कार्यकारी निर्देशक डा.शंकर ढकालले बताउनु भयो । जिल्लाका निजी अस्पतालमध्ये मनकामना उत्कृष्टमा अस्पतालहरुमा पर्ने गर्दछ । अस्पतालले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिंदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा