• होमपेज
  • मनोरञ्जन
  • आजदेखी ‘जोनी जेन्टलम्यान’ देशभर प्रदर्शनमा

आजदेखी ‘जोनी जेन्टलम्यान’ देशभर प्रदर्शनमा

  • शुक्रबार, भदौ ३०, २०७४
आजदेखी ‘जोनी जेन्टलम्यान’ देशभर प्रदर्शनमा

चितवन, भदौं ३०–

बहुप्रतिक्षित चलचित्र ‘जोनी जेन्टलम्यान’ आज (शुक्रबार)देखि देशभर एक साथ प्रदर्शनमा आएको छ ।
गएको दुई हप्ता ‘ए मेरो हजुर २’ र ‘दुई रुपैयाँ’ले सोलो रिलिज पाएपनि यो हप्ताको भने दुई फिल्मको भिडन्त सुरु भएको छ । लभस्टोरी भनिएको फिल्म ‘जोनी जेन्टलम्यान’संगै थ्रिलर सस्पेन्स फिल्म ‘लिला’ले आजबाट प्रदर्शनमा आएका हुन् ।

नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको ‘जोनी जेन्टलम्यान’ फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म ‘नाई नभन्नू ल ४’ एकसाथ देखिएका थिए । पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल अभिनित तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ अहिले प्रतिक्षित बनेको छ ।

यस चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह–निर्माताको रुपमा रहेका छन् ।

यसैगरि सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।

फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार