• होमपेज
  • समाचार
  • प्रचण्डद्धारा आचारसंहिता विपरित सिरहामा यसरी बाँडे विजुलीको खम्बा

प्रचण्डद्धारा आचारसंहिता विपरित सिरहामा यसरी बाँडे विजुलीको खम्बा

  • शुक्रबार, भदौ ३०, २०७४
प्रचण्डद्धारा आचारसंहिता विपरित सिरहामा यसरी बाँडे विजुलीको खम्बा

सिराह,भदौं ३०-

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।

निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर ५ स्थित् कर्जन्हा नगरपालिकाको थला–गौतारी वडा नम्बर १० मा विजुलीको पोल खसालेका छन्।

निर्वाचन आचारसंहित २०७२ को प्रावधानविपरीत उनले यही असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मतदाताहरुको मत तान्ने उद्देश्यले विजुलीको पोल पठाउन विद्युत कार्यालय मिर्चैयाका प्रमुख शिबराम यादवलाई निर्देशन दिएका थिए।

प्रचण्डले राज्यशक्तिको दूरुपयोग गर्दै चुनावको मुखमा यसरी आचारसंहिताको धज्जी उडाएको भन्दै स्थानीय अन्य दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

उनीहरुले जिल्लास्थित् सम्बन्धित सबै सरोकारवाला निकायका प्रमुखहरुको समेत ध्यानाकार्षण गराएको संघीय समाजवादी फोरम नेपालका जिल्ला कमिटि सदस्य एवम् युवा नेता केशव प्रसाद साहले जानकारी दिए।

आयोगका अनुसार निर्वाचन आचारसंहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतमा लागू हुनेछ। तर सरकारकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्षले यसरी शक्तिको दुरुपयोग गरेको देख्दा आफू आश्चर्यमा परेको उक्त क्षेत्रका सांसद समेत रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य डा.विरेन्द्र महतोले बताए।

उनले उक्त कार्यको विरोधस्वरुप आफूले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई समेत फोनमार्फत ध्यानाकार्षण गराएको जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार