• होमपेज
  • समाचार
  • मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

  • शुक्रबार, भदौ ३०, २०७४
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

काठमाडौँ,भदौ ३० –

तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ।सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।यी जिल्ला बढी आपराधिक गतिविधि हुने क्षेत्रमा पर्ने भएकाले पनि निर्वाचनका लागि यहीअनुरूप रणनीति बनाएको सुरक्षा निकायले जनाएका छन् ।

खुला सिमानाका कारण अपराधीहरू यताउता गर्ने भएकाले स्थानीय प्रशासनले सीमावर्ती सुरक्षा निकायसँग निर्वाचनमा समन्वय हुन गइरहेको जानकारी दिएका छन् ।स्थानीय सुरक्षा निकायहरूका अनुसार धनुषामा ५३२ मध्ये ३२७, महोत्तरीमा ४१५ मध्ये १३५, सिरहामा ४३१ मध्ये १०९, सप्तरीमा २९५ मध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील समूहमा छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार