• होमपेज
  • समाचार
  • सबै दलले एमालेलाई एकल्याउन खोजिरहेका छन्ः नेता ज्ञवाली

सबै दलले एमालेलाई एकल्याउन खोजिरहेका छन्ः नेता ज्ञवाली

  • बुधबार, भदौ २८, २०७४
सबै दलले एमालेलाई एकल्याउन खोजिरहेका छन्ः नेता ज्ञवाली

सप्तरी, भदौ २८–

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेशवादी दलले प्रदेश नं। २ लाई सामाजिक सद्भाव बिथोल्ने प्रयोगस्थल बनाउन लागेको आरोप लगाउनुभएको छ ।

आज बुद्धिजीवी परिषद् सप्तरीले सदरमुकाम राजविराजमा आयोजना गरेको कार्यक्रममा सचिव ज्ञवालीले छवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि डराएका काँग्रेस, माओवादी र मधेशवादी दलले योजनाबद्ध ढंगले एमालेलाई एक्ल्याउन लागिपरेको बताउनुभयो ।

प्रदेश नं २ मा पटक पटक निर्वाचनको मिति सारेको प्रसंग उल्लेख गर्दै उहाँले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान दिन सक्ने यो प्रदेशलाई वर्तमान सरकार र सत्तासीन दलले नै दोस्रो दर्जाको रुपमा राखेको दोषारोपण गर्नुभयो ।

पोलिटब्युरो सदस्य भीम आचार्यले सत्तारुढ दलले सरकारी रकमको व्यापक दुरुपयोग र आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउँदै मधेशमा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गर्नुभयो ।

“काँग्रेस, माओवादी र मधेशवादी सबै मिलेर मधेशमा एमालेविरुद्ध भ्रम फैलाइरहेका छन्, त्यसलाई चिर्दै एमाले अघि बढेको छ,” उहाँले भन्नुभयो ।

कार्यव्रmममा परिषद्का केन्द्रीय सदस्य नथुनी दास, एमालेका तर्पmबाट राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार क्रमशः सुखराम यादव र ममता चौधरीले एमालेले मात्र मधेशको हित गर्न सक्ने दाबी गर्नुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार