• होमपेज
  • समाचार
  • राष्ट्र बैंकले जारी गर्यो नयाँ डिजाइनको १० रुपैयाँको नोट, के-के छन् परिवर्तन ?

राष्ट्र बैंकले जारी गर्यो नयाँ डिजाइनको १० रुपैयाँको नोट, के-के छन् परिवर्तन ?

  • बुधबार, भदौ २८, २०७४
राष्ट्र बैंकले जारी गर्यो नयाँ डिजाइनको १० रुपैयाँको नोट, के-के छन् परिवर्तन ?

काठमाडौं, भदौ २८—

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनसहित १० रुपैयाँ दरका नयाँ नोट निस्कासन गरेको छ। दसैंमा नयाँ नोट साट्नेहरुले नयाँ डिजाइनको १० का नोट पाउने छन्।

नोटको अगाडि भागमा बायाँतिर सगरमाथाको चित्र हुने छ भने मध्य भागको पृष्ठभूमिमा गरुण नारायणको चित्र हुने छ। दायाँतिर लालीगुराँसको पानी छापका साथै तल्लो मागमा गभर्नर डा। चिरञ्जिबी नेपालको हस्ताक्षर हुन्छ। साथै तल्लो भागको बायाँ र दायाँतिर संकेत नम्बर हुन्छ र तल्लो भागको वोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि। सं। २०७३ लेखिएको हुने छ।

नोटको अर्को पट्टी माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुने छ। मध्य मागमा एउटा कृष्णसारको चित्र र मध्य भागको पृष्ठभूमि फिक्का हरियो रंङ हुने छ। साथै नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको हुन्छ भने नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१७ एडी लेखिएको हुने छ।

राष्ट्र बैंकले संकेत नम्बर ठ/४१ ०००००१ देखि ढ/१०० ९९९९९९ सम्म, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्टबैंकबाट रुपैयाँ १० तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट चलचल्तीमा ल्याइएको बैंके प्रष्ट पारेको छ ।

के-के छन् परिवर्तन ?

Facebook Comments

सम्बन्धित समाचार