• होमपेज
  • समाचार
  • पूर्वी चितवनका गाँउगाँउमा म्याजिक भ्यान सँचालन,यस्तो छ रुट !

पूर्वी चितवनका गाँउगाँउमा म्याजिक भ्यान सँचालन,यस्तो छ रुट !

  • बुधबार, भदौ २८, २०७४
पूर्वी चितवनका गाँउगाँउमा म्याजिक भ्यान सँचालन,यस्तो छ रुट !

चितवन,भदौं २८-

ग्रामिण क्षेत्रमा बसोवास गर्ने समुदायमा यातायता सेवाको पहुँच पु¥याउन म्याजिक भ्यान सञ्चालन गरिएको छ । स्थानीय समुदायका मागका आधारमा ओमशान्ति माईक्रो यातायात व्यवसायी संघ रत्ननगरले पूर्वी चितवनका ग्रामिण क्षेत्रमा म्याजिक भ्यान सञ्चालनमा ल्याएको हो ।

अहिले सम्म रत्ननगरबाट सौराहाहुँदै हर्नहरी कुमरोज,रत्ननगरबाटै मालपुर हुदै बोद्रहनी,टाँडी चोकबाट भटेनी र टाँडीबाटै माधवनपुरमा म्याजिक म्यान सञ्चालन गरेको संघले थप दुई वटा रुटमा म्याजिक म्यान सञ्चालन गर्ने तयारी गरेको संघका पूर्वी चितवन इन्चार्ज अनिल तामाङले जानकारी दिए । संघले असोज दुई गतेबाट टाँडी,पर्सा,खुरखुरे,शन्तिबजार हुदै कठार र पिरानी रुटमा म्याजिक सञ्चालन गर्ने तामाङले जानकारी दिए ।

त्यसलगतै संघले भण्डारा खुरखुरे लगायतका रुटमा म्याजिक सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । यातायाताको पहँुच नहुँदा ग्रामिण क्षेत्रका जनताले सास्ती भोग्नु परेको अबस्थाको मुल्याङकन गरी म्याजिक भ्यान सञ्चालनमा ल्याईएको संघका शाखा प्रमुख समेत रहेका तामाङले बताए । समयमा सवारी साधन नपाउने,पाईहाले भनेपनि महङ्गो शुल्क तिर्नुपर्ने समस्यालाई हल गर्न ग्रामिण क्षेत्रमा सेवा विस्तार गरिएको उनले बताए ।

संघले पूर्वी चितवनका विभिन्न रुटमा ५० वटा म्याजिक भ्यान सञ्चालनमा ल्याएको छ । संघले चितवनबाट काठमाडौंको लागि एसी सहितको सुविधा सम्पन्न सुमोगोल्ड,विंगरबस,जम्बो हाईस सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए । तोकिएको रुटमा सवारी साधन सञ्चालनको लागि संघले दर्ता खुल्ला समेत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार