• होमपेज
  • अर्थ/वाणिज्य
  • मंगलबारका लागि विदेशी मुद्रको सटही दर

मंगलबारका लागि विदेशी मुद्रको सटही दर

  • मङ्लबार, भदौ २७, २०७४
मंगलबारका लागि विदेशी मुद्रको सटही दर

काठमाडौं, भदौ २७ –

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २० पैसा र विक्रिदर २७ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३२ पैसा र विक्रिदर २४ रुपैयाँ ४६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०३ पैसा र विक्रिदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९१ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ४७ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ०७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार