• होमपेज
  • समाचार
  • गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ सारुको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ सारुको मृत्यु

  • मङ्लबार, भदौ २७, २०७४
गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ सारुको मृत्यु

गुल्मी, भदौ २७ –

मोटरसाइकल दुर्घटना हुँदा आज बिहान रुरु गाउँपालिका– ३ निवासी २३ वर्षीय राजु सारुको मृत्यु भएको छ ।

ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरम्ुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार