• होमपेज
  • समाचार
  • गौर नगरपालिकामा संघीय समाजवादी फोरम र कांग्रेसबिच गठबन्धन

गौर नगरपालिकामा संघीय समाजवादी फोरम र कांग्रेसबिच गठबन्धन

  • मङ्लबार, भदौ २७, २०७४
गौर नगरपालिकामा संघीय समाजवादी फोरम र कांग्रेसबिच गठबन्धन

रौतहट, भदौ २७ –

रौतहटको गौर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबिच तालमेल भएको खुलेको छ । गौरको मेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी उम्मेदवारी परेको छैन ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरिय बैठकमा निकै छलफल भएपछि एक अर्कालाई मेयर र उपमेयर पदमा सघाउने तालमेल भएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादव र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार वीरबहादुर साहलाई सघाउने गरी दुई पार्टी बिच गौर नगरमा गठबन्धन भएको हो ।

मेयर उपमेयर उम्मेदवारद्वय यादव र साहले सोमबार गौरमा भएको पत्रकार सम्मेलनमा नगरको बृहत्तर हितका लागि गठबन्धन भएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार