• होमपेज
  • समाचार
  • कञ्चनपुरमा भारतिय जंगलबाट भित्रिएको हात्तीको उपद्रो, राती एक घर भत्कायो

कञ्चनपुरमा भारतिय जंगलबाट भित्रिएको हात्तीको उपद्रो, राती एक घर भत्कायो

  • आइतवार, भदौ २५, २०७४
कञ्चनपुरमा भारतिय जंगलबाट भित्रिएको हात्तीको उपद्रो, राती एक घर भत्कायो

दोधारा,भदौं २५ –

कञ्चनपुरको माहाकाली नगरपालिकामा भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले घर भत्काउदा एक परिवारको बिजोग भएको छ् । माहाकाली नगरपालिका वडा नं. ३, बडवाल टोल निवासी मैसरा बुढाको कच्ची घर गएराती हात्तीले भत्काउदा बुढाको परिवारजन घरवार विहिन बन्न पुगेका हुन् ।

एक महिना देखि बडवाल क्षेत्रको मानव बस्तीमा हात्तीले बितण्डा मच्चाउदै आएको स्थानीय लक्ष्मी राना क्षेत्रीले बताएका छन् । गए राती करिब ९ बजे भारतिय जंगलबाट गाँउ भित्रिएको हात्तीको बथानले घरमा बसिरहेको बेला घर पछाडीबाट भित्ता भत्काउन थालेपछि ७५ वर्षिय मैसरा बुढाले ज्यान बचाउन धौं धौ परेको थियो । ‘अध्यारोमा अचानक घर पछाडीबाट घर भत्काउन थालेपछि ज्यान जोगाउनै हम्मे हम्मे भयो’ मैसरा बुढाले भने– ‘धन्न ज्यान जोगियो’ बढेमानको लामो दाँत भएको हात्तीले घरलाई भत्काउन थालेपछि मैसरा बुढालाई स्थानियहरुको सहयोगमा ज्यान बचाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार