• होमपेज
  • समाचार
  • लमजुङमा बम ब्लास्टिङ गरेर पहिरो हटाइयो

लमजुङमा बम ब्लास्टिङ गरेर पहिरो हटाइयो

  • शनिबार, भदौ २४, २०७४
लमजुङमा बम ब्लास्टिङ गरेर पहिरो हटाइयो

बेँसीशहर (लमजुङ),भदौ २४ –

लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो बम विष्फोटन गरी हटाइएको छ । एक्साभेटरले हटाउन नसकेको पहिरो सात दिनपछि आज विष्फोटन गरेर हटाइएको हो । नेपाली सेनाको श्रीजंग गणको नेतृत्वमा प्राविधिक टोलीले बम ब्लास्ट गरेको हो । २० वटा बम ब्लास्ट गरेर पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीको अर्खलेमा सात दिनअघि ठूलो चट्टानसहितको पहिरो झरेको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार