• होमपेज
  • मनोरञ्जन
  • ‘रुद्रप्रिया’को नयाँ गीत ‘निर्मोहीको यादमा’ हेर्नुहोस् भिडियो

‘रुद्रप्रिया’को नयाँ गीत ‘निर्मोहीको यादमा’ हेर्नुहोस् भिडियो

  • शनिबार, भदौ २४, २०७४
‘रुद्रप्रिया’को नयाँ गीत ‘निर्मोहीको यादमा’ हेर्नुहोस् भिडियो

काठमाडौँ,भदौ २४ –

कात्तिक २ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘घरि-घरि आउँछ तिम्रो याद’ बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारी र बानिका प्रधानको स्वर रहेको छ । गीतको भिडियोमा रेखा थापाले लिप्सिङ दिएकी छिन् । यसअघि फिल्ममा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीत सार्वजनिक भएको थियो ।

फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् ।

यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार