• होमपेज
  • समाचार
  • चीन र पाकिस्तानको संयुक्त सैन्य अभ्यास सुरु

चीन र पाकिस्तानको संयुक्त सैन्य अभ्यास सुरु

  • शुक्रबार, भदौ २३, २०७४
चीन र पाकिस्तानको संयुक्त सैन्य अभ्यास सुरु

एजेन्सी,भदौं २३-

चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। सेप्टेम्बर २७ सम्म चल्ने सो सैन्य अभ्यास बिहीबारबाट चीनमा सुरु भएको हो।

सैन्य अभ्यासमा चीनको तर्फबाट जे–११ लडाकु विमान, जेएच–७ बमवर्षकसहित जमिनबाट आकासमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रयोग गरिएको छ।

त्यसैगरी पाकिस्तानले जेएफ–१७ लडाकु जेट संयुक्त सैन्य अभ्यासमा पठाएको छ। चीन र पाकिस्तानबीच ‘सहिन’ नामक संयुक्त सैन्य अभ्यास सन् २०११ बाट गर्न थालिएको हो। यसवर्षको सैन्य अभ्यासको नाम ‘सहिन–६’ रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार