• होमपेज
  • समाचार
  • बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिने गाडि राज्यमन्त्री विष्टको

बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिने गाडि राज्यमन्त्री विष्टको

  • शुक्रबार, भदौ २३, २०७४
बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिने गाडि राज्यमन्त्री विष्टको

काठमाडौं,भदौ २३ –

बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएको झण्डावाल सवारीमा सवार मन्त्रीको पहिचान खुलेको छ । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घटना लगतै सर्वसाधारणले घेरेपछि मन्त्रीलाई प्रहरीले उद्दार गरेर भगाएको थियो ।

प्रहरी स्रोतका अनुसार यो गाडी सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट हो । र, दुर्घटनाको समयमा उनी आफैं गाडीमा थिए ।

कुरा गर्दै राज्यमन्त्री विष्टले आफ्नो गाडी दुर्घटनामा परेको स्वीकार गरेका छन् । उनले भने, ‘म सवार गाडीमा मोटरसाइकल ठोक्किएको हो ।’

दुर्घटनापछि उद्दार नगरी किन हिँडेको भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ ओर्लिएर उद्दार गर्ने वातावरण नै थिएन । म पनि मान्छे हुँ । चिन्ताग्रस्त छु । कहाँ के भइरहेको छ सोधखोज गरिरहेको छु ।’

Facebook Comments

सम्बन्धित समाचार