• होमपेज
  • समाचार
  • गुल्मीमा भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

गुल्मीमा भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

  • शुक्रबार, भदौ २३, २०७४
गुल्मीमा भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

गुल्मी, भदौ २३–

गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।

मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार