• होमपेज
  • समाचार
  • एक किलो सुनसहित ताइबानी नागरिक पक्राउ

एक किलो सुनसहित ताइबानी नागरिक पक्राउ

  • बिहिबार, भदौ २२, २०७४
एक किलो सुनसहित ताइबानी नागरिक  पक्राउ

काठमाडौँ,भदौ २२ –

प्रहरीले एक किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौँ आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

झोलाभित्र लुकाएको सुन भन्सारको एक्सरेमा पत्ता लागेको हो । भन्सार कार्यालयले चाङमाथि छानबिन अघि बढाएको छ ।

८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार