• होमपेज
  • समाचार
  • वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

  • सोमवार, भदौ १९, २०७४
वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

काठमाडौँ,भदौ १९ –

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले वातावरणमैत्री उद्योगलाई राज्यले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

सुपर इको व्रिक इनोभेसन प्रालि ९सेबी०ले आयोजना गरेको नयाँ प्रविधिको जपानिज इँटा सार्वजनिक कार्यक्रममा उहाँले परम्परागत इँटा उद्योगले वातावरणलाई असर पु¥याइरहेको हँुदा आधुनिक इँटा उद्योगले वायु प्रदर्शनमा केही सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले नेपाल र जापानको निजी संस्थाले यस किसिमको सहकार्य गरी नयाँ प्रविधियुक्त कार्य गर्नु सराहनीय काम भएको बताउँदै परम्परागत इँटा भट्टालाई वातावरणमैत्री रुपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जापानिज संस्थाको सहयोगमा सेवीले करिब १०० रोपनी जग्गामा उक्त जापनिज इँटा उद्योग सञ्चालन गरेको छ । आगो बाल्न नपर्ने खालको उक्त इँटा आधुनिक मेसिनबाट निर्माण गरिन्छ ।

सो अवसरमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले जापानले गरेको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो ।

उहाँले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि आर्थिक नीतिमा सुधार ल्याउनपर्नेमा पनि जोड दिनुभयो ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावा यस किसिमको इँटा उद्योग नेपालमा मात्र नभई अन्य विभिन्न राष्ट्रमा पनि रहेको जानकारी दिँदै यस उद्योगले जोखिमपूर्ण दुर्घटनाको न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सेवीका निर्देशक प्रकाश गिरीले नेपालमा पहिलोपटक यस किसिमको इँटा उद्योग सञ्चालनमा आएको बताउँदै यस उद्योगबाट उत्पादित इँटा गुणस्तरिय हुुनुका साथै आधुनिक प्रविधिबाट निर्माण गरिएकाले घर बनाउँदा सिमेन्टसमेत कम खपत हुने जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार