• होमपेज
  • समाचार
  • दशैँमा नारायणगढ–मुग्लिन सडकखण्ड खुकुलो पार्ने तयारी

दशैँमा नारायणगढ–मुग्लिन सडकखण्ड खुकुलो पार्ने तयारी

  • आइतवार, भदौ १८, २०७४
दशैँमा नारायणगढ–मुग्लिन सडकखण्ड  खुकुलो पार्ने तयारी

नारायण ढुङ्गाना

चितवन,भदौ १८ –

चाडबाड नजिकिएकाले चितवनको नारायणगढ–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा खुकुलो पार्ने तयारी गरिएको छ ।

दशैँका यात्रुलाई असर नपरोस् भनेर यातायात सञ्चालन खुकुलो पारी यातायात व्यवस्थापन चुस्त पार्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

दशैँमा राजधानी भित्रिनेभन्दा राजधानीबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

मुख्यगरी अहिले रातिमा चितवनबाट जाने सवारीलाई ६ः०० बजे र मुग्लिनबाट आउने सवारीलाई ७ः०० बजेबाट रोक्ने गरिएकामा गाडी सञ्चालनको समय थपेर आउने गाडीलाई राति ९ः०० देखि १०ः०० बजेसम्म चल्न दिने तथा चितवनबाट जाने गाडीलाई एक घण्टा बढी चल्न दिने तयारी गरिएको छ ।

“प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न बाँकी नै छ, तर यसरी सहज बनाउनुपर्ने सोच बनाएको छु”– पन्तले भन्नुभयो, “दशैँका यात्रुलाई ध्यान दिएर यातायात चुस्त पारिन्छ ।”

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव दशैँका यात्रुका लागि सडकमा खाल्डाखुल्डी पुरेर पानी हाल्ने तथा कुनै अवरोध भएमा तत्कालै समस्या समाधान गरिने उहाँले बताउनुभयो ।
एक महिनाअघि साउन १८ गते आजैका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडक अनुगमन गरी दशैँसम्ममा यातायात सहज पार्न निर्देशनसमेत दिनुभएको थियो ।

उक्त सडकको ठेक्का समय गुज्रिएर पाँच महिना पुग्दासमेत जम्मा ५४ प्रतिशत मात्रै काम भएको छ । नारायणगढ–मुग्लिक सडकको ३४ किमी क्षेत्रमा तीन वटा ब्लक बनाएर छ वटा ठेकेदारले काम गरिरहेका छन् । निर्माण सम्पन्न हुँदा सडक नौदेखि ११ मिटरको चौडा हुन्छ तर अहिले निर्माणकै क्रममा भित्तो खनेका क्षेत्रमा ठूलाठूला पहिरो जानेक्रम नरोकिँदा यात्रु प्रभावित हुँदै आएका छन् ।

विगतमा दुई वटा ठूला पहिराका कारण तीन प्रहरीसहित पाँच जनाको मृत्यु भइसकेको छ भने एक प्रहरी अझै बेपत्ता छन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा