• होमपेज
  • समाचार
  • चुल्ठो काट्दाकाट्दै बेहोस भएकी महिलाको मृत्यु, स्थानीय त्रसित

चुल्ठो काट्दाकाट्दै बेहोस भएकी महिलाको मृत्यु, स्थानीय त्रसित

  • शनिबार, भदौ १७, २०७४
चुल्ठो काट्दाकाट्दै बेहोस भएकी महिलाको मृत्यु, स्थानीय त्रसित

सिराहा,भदौं १७-

सिरहामा चुल्ठो काट्दा काट्दै बेहोस भएकी एक महिलाको मृत्यु भएको छ। शुक्रबार दिउँसो चुल्ठो काट्दा बेहोस भएकी महिलाको शनिबार बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा सखिपुर नगरपालिका–७ कि लक्ष्मीनिया मुखिया रहेकी छन्।

चुल्टो काट्काट्दै बिहोस भएकी मुखियालाई उपचारका लागि लाहानस्थित गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको पारिवारक स्रोतले जनाएको छ।

विगत केहीदिनदेखि तराईका विभिन्न जिल्लामा महिलाको चुल्ठो काट्न थालेपछि महिलाहरु आतंकित हुँदै आएका छन्। सिरहामा मात्रध अहिलेसम्म १५ महिलाको चुल्ठो काटिएको इलाका प्रहरी कार्यालय लाहानले जानकारी दिएको छ।

चुल्ठो काटिएकै कारण बेहोस भएर मुखियाको मृत्यु भएपछि स्थानीय महिलाहरु थप आतंकित बनेका छन्। उनीहरु चुल्ठो काट्नेहरुको पहिचान गरी कानुनी कारबाही गर्न समेत स्थानीय प्रशासनसँग माग राखेका छन्।

तराइका विभन्न ठाउँमा यस्तो घटना भएको एक महिना बित्दा पनि सत्य तथ्य पत्ता लाग्न सकेको छैन । कतिपयले महिलाको कपाल अदृश्य शक्तिले काटेको बताउदै आएका छन् भने कतिपयले किराले काटेको बताउदै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार