• होमपेज
  • समाचार
  • कर्णाली राजमार्गमा पहिरो, ५ दिनदेखि सडक अवरुद्ध

कर्णाली राजमार्गमा पहिरो, ५ दिनदेखि सडक अवरुद्ध

  • शनिबार, भदौ १७, २०७४
कर्णाली राजमार्गमा पहिरो, ५ दिनदेखि सडक अवरुद्ध

कालिकोट, भदौ १७ –

कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डको कालिकोट सडकखण्डमा पर्ने गगने खोलामा पाँच दिन अघिदेखि निरन्तर पहिरो गहिरहेको छ । कालिका गाउँपालिकाको एसमोड नजिकै पर्ने गगने खोलामा मंगलबारदेखि निरन्तर ठूलो पहिरोजादाँ राजमार्ग ५ दिनदेखि अवरुद्ध बनेको हो ।
अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहे पनि सम्भव नभएको प्रहरीले जनाएको छ । गएको साता गएको पहिरो पन्छाएर सडक सुचारु भएको हप्ता दिन नपुग्दै पुनः पहिरो गएको छ । राजमार्गमा छिनछिनमा पहिरो जाने गरेका कारण कर्णाली राजमार्ग हुँदै आवागमन गर्ने दैलेख, कालिकोट, जुम्ला र मुगुका बासिन्दा दैखोलाबाट पैदल हिँड्न बाध्य छन् ।

Facebook Comments

सम्बन्धित समाचार