चितवन, भदौं १७–
चितवनको भरतपुरमा होटल रोडवेज संचालनमा आएको छ।
आज एक कार्यक्रमकाबीच भरतपुर–१२ गोन्द्राङमा रहेको सो होटेलको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले मानव जीवनसंग प्रत्यक्ष जोडिने होटल व्यवसाय सफा सुग्घर हुनुको साथै गुणस्तरीय खाद्य पदार्थ विक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशबाट आएर नेपालमै केही गर्छु भन्ने युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै सबै तहतप्काबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
सञ्चारकर्मी समेत रहेका युवा सचिन भट्टराईले सो होटल संचालनमा ल्याउनुभएको हो । यस होटल शान्त वातावरण र रमणीय स्थानमा छ । एक वर्षअघि बैदेशिक रोजगारीका लागि चिली पुगेका भट्टराई कडा परिश्रम गरेर केही पैसा आर्जन त गरे तर उनलाई आत्मसन्तुष्टि भने भएन । बिदेशमा गरेको जति दुःख स्वदेशमा नै गर्ने हो भने, विदेशमा जति नै कमाई गर्न सकिन्छ भन्ने निश्कर्षमा पुगेर भट्टराई स्वदेश फर्किए ।
होटल व्यवसायको क्षेत्रमा केही गर्ने उदेश्य र केहिलाई रोजगार दिने उदेश्य राखेर व्यवसायमा लागेको भट्टराईले बताउनुभयो । उहाँले विदेशमा सिकेको सिप प्रयोग गरेर नै नेपालमा आत्मनिर्भर बन्ने अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रम डा.धनेश्वर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।