• होमपेज
  • समाचार
  • अखिल क्रान्तिकारी अध्यक्षमा तामाङ, चितवनका ठकुरी र काप्री केन्द्रीय सदस्य

अखिल क्रान्तिकारी अध्यक्षमा तामाङ, चितवनका ठकुरी र काप्री केन्द्रीय सदस्य

  • शनिबार, भदौ १७, २०७४
अखिल क्रान्तिकारी अध्यक्षमा तामाङ, चितवनका ठकुरी र काप्री केन्द्रीय सदस्य

काठमाडौं, भदौं १७–

काठमाडौमा भएको माओबादी केन्द्र निकटको विद्यार्थी संगठनको अखिल (क्रान्तिरी)को राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । शुक्रबार राती सार्वजनिक नतिजा अनुसार २३ मतको अन्तरले तामाङ अध्यक्षमा विजयी भएका हुन् ।

उनले प्रतिद्धन्दी गृहमन्त्रि जनार्दन शर्मा (प्रभाकर)का भाई अनिल शर्मालाई पराजित गरे। त्यस्तै खुल्ला तर्फको उपाध्यक्षमा रंजित प्यानलका सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी, शर्मा प्यानलका दिपक देवकोटा र नेता नारयणकाजी निकट बिजय गौतम निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बादल निकट शर्मा प्यानलका उत्तम अधिकारी निर्वाचित भए । अन्य निर्वाचित जनजाति उपाध्यक्षमा उपराष्ट्रपति पुत्र दिपेश पुन, छात्रा उपाध्यक्ष पंचा सिह लगायत छन् । ३१ सदस्यीय पदाधिकारी चयनका लागी करिब १३० जनाको उम्मेद्वारी परेको थियो ।

यसैबीच सम्मेलनबाट चितवन जिल्लाका सुरज सिंह ठुकरी २१३ मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अबिनास सुबेदीले ११२ र दुर्लभ शाहीले ९४ मत प्राप्त गरे । यसअघि नै महिला तर्फ चितवनकी मुना काप्री निर्विरोध केन्द्रीय सदस्य भैसकेकी छिन् ।

प्रतिस्पर्धामा रहेकी चितवनका विद्यार्थी नेताहरु राजेश्वरी सुबेदी महासचिव पदमा, खुल्ला उपाध्यक्षका उम्मेद्वार बिजय हमाल, प्रदेश सचिव पदमा दिलिप पौडेल भने पराजित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार