• होमपेज
  • समाचार
  • चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

  • मङ्लबार, साउन २८, २०८२
चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।
सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । पहिरो खुलाउनका लागि आइतबारबाटै थालेपनि ठूलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको बताउनुभयो । ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।
Facebook Comments

सम्बन्धित समाचार