• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

  • आइतवार, फाल्गुन १८, २०८१
कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्षरामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंक सञ्चालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार