• होमपेज
  • समाचार
  • घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य

घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य

  • आइतवार, भदौ ३०, २०८१
घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ ।

साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार अब पेट्रोल पहिलो वर्गको प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गको १५८ रुपैयाँ र तेस्रो वर्गको १५९ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गको १४६.५० रुपैयाँ, दोस्रो वर्गको १४८ रुपैयाँ र तेस्रो वर्गको प्रतिलिटर १४९ रुपैयाँमा खरिद बिक्री हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार