• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउनेले पाए पुरस्कार

सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउनेले पाए पुरस्कार

  • बिहिबार, फाल्गुन १०, २०८०
सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउनेले पाए पुरस्कार

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा ‘बिदेशबाट सिटी पठाऔं, पठाकोभन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । यो योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ६१ दिनसम्म उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँ को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ) , ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भइसकेका छन् । उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा