• होमपेज
  • वाणिज्य बैंक
  • हिमालयन बैंकले शुक्रराज ट्रपिकल अस्पतालमा नगद संकलन काउन्टर

हिमालयन बैंकले शुक्रराज ट्रपिकल अस्पतालमा नगद संकलन काउन्टर

  • बुधबार, फाल्गुन ९, २०८०
हिमालयन बैंकले शुक्रराज ट्रपिकल अस्पतालमा नगद संकलन काउन्टर

हिमालयन बैंकले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आज फाल्गुण ९ गते देखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । बंैकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यू आर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

बंैकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ । नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरे । सो समारोहमा बंैक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार