• होमपेज
  • समाचार
  • पार्किङ शुल्क लिए ९८५१०५१६१० मा उजुरी गर्न सकिने

पार्किङ शुल्क लिए ९८५१०५१६१० मा उजुरी गर्न सकिने

  • मङ्लबार, साउन १६, २०८०
पार्किङ शुल्क लिए ९८५१०५१६१० मा उजुरी गर्न सकिने

व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । गुनासो सुन्ने अधिकारीको रूपमा महानगरपालिकाले नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु नाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सेवा लिएका ठाउँबाट पार्किङ शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क भनेको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरे पनि अटेर गरेपछि फिल्डमै पुगेर कारबाही सुरु गरेको समेत उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार