• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट दिनेबारे सम्झौता

सिटिजन्स बैंकका ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट दिनेबारे सम्झौता

  • बिहिबार, साउन ११, २०८०
सिटिजन्स बैंकका ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट दिनेबारे सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनलको कार्ड बाहक ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट सुविधा दिनेबारे सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

टङ्गालस्थित अप्रिकस क्याफे र ठमेल मोमोतारू रेस्टुरेन्टमा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अब सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारू रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको सिटिजन्स बैंक इन्टरनेसनले बताएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार