• होमपेज
  • विकास बैंक
  • वार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्‍यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

वार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्‍यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

  • शुक्रबार, साउन १२, २०८०
वार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्‍यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

ज्योति विकास बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्‍याउने हेतुले ती कार्यहरु गरिएको हो ।

शारीरिक तवरले फरक बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई थ्री डी प्रिन्टेड प्रोस्थेटिक ह्यान्ड्स प्रदान गर्नेछ ।

यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य काम गर्न मद्दत पुर्‍याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रम बैंकले गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा फेक्टका कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वार्षिकोत्सवका अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवृधनका लागि वृक्षरोपण कार्यक्रम पनि आयोजना गरेको छ । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवका अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिक वडा नम्बर ५, ६ र ७ का सार्वजनिक स्थानका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।

सोही अवसरमा बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७५ जनाले रक्तदान गरे ।

वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिलाई विभिन्न सहायता सामग्री प्रदान गरेको छ । बेँसीसहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्री वितरण गरेको हो ।

खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदालाई सधैं उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा