• होमपेज
  • वाणिज्य बैंक
  • मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै

  • शुक्रबार, साउन १२, २०८०
मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने बैंकले जनाएको छ ।

बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । त्यस्तै, साविकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।

शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

दुवै बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गरी नेपाल इन्भेटमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार