• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल एसबीआई बैंकले सपथ ग्रहण गरेर मनायो बार्षिकोत्सव

नेपाल एसबीआई बैंकले सपथ ग्रहण गरेर मनायो बार्षिकोत्सव

  • मङ्लबार, असार २६, २०८०
नेपाल एसबीआई बैंकले सपथ ग्रहण गरेर मनायो बार्षिकोत्सव

नेपाल एसबिआई बैंक लिमिटेडले ३० औंं बार्षिकोत्सव मनाएको छ । तीन दशक पूरा गरेको अवसमा बैंकले सपथ ग्रहण समारोह आयोजना गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा बैंकका कर्मचारीहरुले बैंकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा उल्लेख गरेका थिए ।

बैंकको दिगो प्रगति कायम राख्न कर्मचारीहरुले व्यक्तिगत जिम्मेवारी लिनुपर्ने उनले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पूर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

वार्षिक उत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार