• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकका ग्राहकले फुडमाण्डुको बिल भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले फुडमाण्डुको बिल भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउने

  • बिहिबार, भदौ २३, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकले फुडमाण्डुको बिल भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउने

माछापुच्छ्रे बैंक र फुडमाण्डु बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रालिको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको  उपस्थितिमा हस्ताक्षर गरे ।

साथै बैंकका ग्राहकहरूले फुडमाण्डु मा आवद्ध भएका विभिन्न होटल तथा  रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशतसम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि